सुवास नेम्वाङले भने,-‘प्रधानमन्त्री राष्ट्रपतिलाई भेटन जानु सामान्य हो’

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री राष्ट्रपतिलाई भेटन जानुलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
लुम्बिनीमा विकसित राजनीतिक घटनाक्रम, एमालेले प्रधानमन्त्री निवासमा बोलाएको आकस्मिक बैठक प्रधानमन्त्रीको पार्टी बैठकमा भएको छोटो विफ्रिङ र त्यसलगत्तै प्रधानमन्त्री राष्ट्रपति भेटन शित्तल निवास पुगेको राजनीतिक घटनाक्रमले मुलुक तरंगित भईरहदा एमाले नेता नेम्वाङले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
‘राष्टपतिलाई प्रधानमन्त्रीले नियमति रुपमा भेटघाट गर्नुहुन्छ । समसामायिक विषयमा विफ्रिङ गर्नुहुन्छ, यो सामान्य परिघटना हो,’ नेम्वाङले मेरो न्यूजसगको छोटो प्रतिक्रियामा भने,–‘यस्तो भेटघाट प्रधानमन्त्री र राष्ट्रपतिका वीचमा नियमति भईरहन्छ ।’
एमालेले बोलाएको आकस्मिक स्थायी समिति बैठकमा भने कोभिड र लुम्बिनी घटनाका विषयमा प्रधानमन्त्रीले नेताहरुलाई सामान्य विफ्रिङ गरेको पनि नेम्वाङले बताए ।
‘कोभिडका विषयमा पार्टी नेता–कार्यकर्तालाई यस विरुद्धको लडाईमा निरन्तर लाग्न प्रधानमन्त्रीले आह्रवान गर्नुभयो, लुम्बिनी घटनाको सामान्य यस्तो यसतो भयो भन्ने विफ्रिङ गर्नुभयो । राजनीतिमा यो सामान्य हो,’ नेम्वाङले भने ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया