शनिबार, मंसिर २९, २०८१

लुम्बिनीका प्रदेश प्रमुख भेट्न पुगे विपक्षी गठवन्धन, माओवादीका केसीलाई मुख्यमन्त्रीको प्रस्ताव

संविधानको धारा १६८(२) वमोजिम माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गदै लुम्बिनीका विपक्षी गठवन्धन प्रदेश प्रमुख कार्यलयमा पुगेका छन्

मेरोन्यूज २०७८ वैशाख १९ गते १५:१६

Advertisement

बुटवल । एमाले एक्लैको वहुमतको सरकार बनाउने गरी आइतबार विहान मात्रै राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सरकार गठनमा एकाएक धक्का लागेपछि लुम्विनीमा नयाँ सरकार गठन अव कसले गर्ला ? भन्ने चासो बढेको छ ।

उपचुनावमार्फत दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला वली खत्रीले एमाले-माओवादी विभाजित भएपछि दल रोज्न पाउने सुविधा उपयोग गदै उनले एमाले छोडेर माओवादी केन्द्र रोजेपछि मुख्यमन्त्री पोखरेलको वहुमतको सरकार बनाउने योजनामा धक्का लागेको हो ।

वलीले माओवादी केन्द्र रोजेपछि पोखरलेका लागि वहुमतको सरकार बनाउन एउटा सिट अपुग भएको छ ।

विपक्षीमा रहेको काग्रेस, माओवादी केन्द्र, जसपा र राष्टिय जनमोर्चा सवै मिल्दा एमाले बराबरकै ४० सिट नै पुगेको छ । सभामुखले मत दिदा विपक्षी गठवन्धनसाग ४१ सिट वहुमत पुग्ने अवस्था लुम्बिनीमा देखिएको छ ।

विशेष अधिवेशन अनुसार संसदको अधिवेशनमा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्र्रस्तावमा आजैबाट छलफल हुने कार्यसूचि रहेकै बेला मुख्यमन्त्री पोखरेलले विहान राजीनामा दिएर अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुखसमक्ष गरेका थिए ।

प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएपनि पोखरेलले आफ्नै नेतृत्वमा एकल वहुमतको नयाँ सरकार बनाउने योजनामा वलीको माओवादी प्रवेशपछि धक्का लागेको छ ।

पोखरेलसाग वहुमत नपुगेपछि अहिले अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई अव संविधानको धारा १६८(२) वमोजिम मुख्यमन्त्री बनाउनु पर्ने प्रस्ताव सहित विपक्षी गठवन्धनका नेताहरु प्रदेश प्रमुखसमक्ष पुगेका छन् ।

संविधानको धारा १६८(२)मा एकै दलले वहुमत सिद्ध गर्न नसके दुई वा दुई भन्दा वढी दल सहभागी दलको सरकार बन्ने अवस्था छ । पोखरेलले एमाले एक्लैको वहुमत पुग्ने भन्दै संविधानको १६८(२) अनुसार रहेको मुख्यमन्त्रीबाट राजीनामा दिएर संविधानको धारा १६८(१) अनुसार नयाँ सरकार गठन गर्न खोजेका थिए ।

तर वली माओवादी प्रवेश गरेपछि उनले धारा १६८(१) अनुसार सरकार आफ्नै नेतृत्वमा दावी गर्ने अवस्था रहेन । सोही कारण विपक्षी गठवन्धनका नेताहरु अव आफुहरुसाग वहुमत रहेको जिकिर गदै प्रदेश प्रमुखसमक्ष केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह सहित पुगेका हुन् ।

एमाले इतर अन्य काग्रेस, माओवादी , जसपा र राष्ट्रिय जनमोर्चा समेत एक गठ हुदा विपक्षी पार्टीहरुसँग वहुमत पुग्ने देखिन्छ । सभामुख समेत ले मत दिदा लुम्बिनी प्रदेशमा ४१ मत विपक्षीसँग हुन जान्छ । त्यही आधारमा केसी मुख्यमन्त्रीको प्रस्ताव वोकेर प्रदेश प्रमुखको कार्यकक्ष पुगेका हुन् ।

प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्री वनाउन सक्ने भन्दै नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा ४० सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग समेत गरिसकेका छन् ।

यो माग पछि केसी सहितको टोली प्रदेश प्रमुखकाहाँ पुगेको हो ।

वलीलाई अपहरण गरिएको एमाले दावी
एमालेले भने सांसद विमला वलीलाई अपहरण गरिएको दावी गरेको छ । वली दलको बैठकमा आउँदै गर्दा वीचवाटो वाटै अपहरण गरिएको र उनको मोवाइल समेत स्वीच अफ गरेर माओवादी प्रवेश गराएको आरोप एमालेले लगाएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका एमाले नेता बैजनाथ यादवले वली सम्र्पक विहिन अवस्थामा रहेकोले उनलाई खोजतलास गर्न प्रहरीलाई भनिसकेको र वलीले आएर यथार्थ बताएपछि मात्र उनको पार्टी खुल्ने बताएका छन् ।

प्रतिक्रिया