लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
मेरोन्यूज
२०७८ वैशाख १९ गते १५:२५

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।
प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ ।

सम्बन्धित










याे सरकारलाई निर्वाचन गराउने हक छैन : ओली
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
पाकिस्तानमा पटाका कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया