सोलुखुम्बुबाट ३ थान भरुवा बन्दुक सहित १ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १९ गते १६:५३

सोलुखुम्बु । सोलुखुम्बुबाट तीन थान बन्दुक सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेसँग भएका अन्य ४ जना फरार भएको जनाएको छ ।
जिल्लाको सोताङ गाउँपालिका १ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान व्याट्री प्रहरीले फेला पारेको हो । सोही गाउँपालिका बस्ने दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गिरी समेत ५ जना शिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किएको आवाज सुनेपश्चात प्रहरी चौकी वाकुबाट खटिएको प्रहरीलाई देख्ना साथ अन्य ४ जना हतियार फाली फरार भएपछि उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया