लुम्बिनी प्रदेश प्रमुखको निर्णय संविधानको बर्खिलापमा : खाण

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानका बर्खिपालमा लोकतन्त्रको उपहास हुने काम गरेको बताएका छन् । लुम्बिनी प्रदेशमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरविपरीत एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर संसदीय पद्धतीविपरीत काम गरेको बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदले गरेको हस्ताक्षरविपरीत पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख साहले दिउँसै रात पारेको बताए । ‘लुम्बिनीमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले बहुमत गुमाएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका छन् । बिहानमात्रै राजीनामा दिएका पोखरेलको विरुद्धमा ८१ सदस्यीय लुम्बिनी प्रदेश सभाका ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नु लोकतन्त्रको उपहास हो,’ खाणले भने, ‘संविधानको बर्खिलाप हो ।
दिउँसै रात पार्ने संविधान र कानुनविपरीत काम भएको छ ।’ खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश प्रमुख साहले संविधानमा उल्लेखित व्यवस्थाविपरीत अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धतीविपरीत काम गर्दै आएका हुन् ।
अहिले पनि उनले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धतीविपरीत संविधान र कानुनको बर्खिलापमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्,’ खाणले भने । प्रदेश प्रमुखको विधिविपरीतको कामविरुद्ध कांग्रेसले सकेसम्म विरोध गर्ने बताए । खाण कांग्रेसका लुम्बिनी प्रदेशका नेता हुन् ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया