आजबाट आन्तरिक हवाई उडान रोकिने
मेरोन्यूज
२०७८ वैशाख २० गते ६:४२

काठमाडौं । सरकारले आजबाट आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले आन्तरिक उडान रोक्न सिफारिस मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । सोही सिफारिसअनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान रोक्ने निर्णय गरेको छ ।
आन्तरिकसँगै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको छ । देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने समेत मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। यसअघि ,जनस्वास्थ्यका विज्ञहरुले भने हवाई उडानमा पनि रोक लगाउन पर्ने बताउँदै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया