कोरोनाबाट वृद्धाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २० गते ९:३४

सिन्धुली । कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिए । उनलेभने “बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए । ”
कोरोनाको दोस्रो लहरमा सङ्क्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय सङ्क्रमित रहेका छन् ।
कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा तीन, मरिण गाउँपालिकामा दुई र फिक्कल गाउँपालिकामा एक जना कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । रासस
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
प्रतिक्रिया