मंगलबार, वैशाख ९, २०८२

कोभिडमा ५१७ पत्रकार विस्थापित

मेरोन्यूज २०७८ वैशाख २० गते ११:५८


काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड संक्रमण अवधीमा ५१७ पत्रकार विस्थापित हुनुपरेको तथ्यांक सार्वजनिक गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघले आज आयोजना गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा महासंघको सञ्चार अनुगमन तथा मुल्याङ्कन इकाइद्वारा गरिएको अनुगमनबाट त्यस्तो तथ्इांक देखिएको रिपोर्ट सार्वजनिक गरेको हो ।

सामुहिक राजीनामा दिन वाध्य पार्ने, श्रम ऐन अनुसारका सेवा सुविधा नदिने, तलव कटौती गर्ने, वेतलवी विदामा राख्ने र जागिरैबाट समेत निकाल्ने खालको घटना यस अवधीमा देखिएको भन्दै महासंघले श्रम मुद्दामा कुनै पनि सञ्चारगृहका मालिकसँग महासंघले सम्झौता र मोलहिज्जा नगर्ने प्रतिवद्धता पनि जनाएको छ ।

नेपाली पत्रकारहरू यतिबेला स्वास्थ्य चुनौतिसँग जुधिरहेको र कोरोनाको संक्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अबस्था रहेको देखाएको महासंघले जनाएको छ । कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा प्रति महासंघले ठूलो चिन्ता ब्यक्त गरेको छ ।

यस्तै, महासंघको तथ्यांक अनुसार, यस बर्ष प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू ४५ वटा महासंघको अभिलेखमा उल्लेखित भएको जनाएको छ । जसमध्ये धम्की र दुब्यर्वहारका २९, आक्रमणका ९ र गिरफ्तारी र कब्जाको ३ ओटा घटना अभिलेखीकृत भएको महासंघका महासचिव रोशन पुरीले प्रतिवेदन सार्वजनिक गदैं भने ।

यस वीचमा ५८७ जना पत्रकार पीडित बनेको पनि महासंघको अभिलेखमा छ । जसमध्ये ३ ओटा सञ्चार सस्था समेत पीडित भएको महासंघले जनाएको छ । ७७ जना महिला पत्रकारहरु पीडित बनेको महासंघको अभियलेखमा छ ।

महासंघको अन्र्तक्रिया कार्यक्रममा राष्टिय मानव अधिकार आयोगका अध्यक्ष टोपवहादुर मगर, निर्वाचन आयोगका अध्यक्ष दिनेशकुमार थपलिया लगायतका सम्वैधानिक आयोगका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी लगायत महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले पनि प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिएका थिए ।

प्रतिक्रिया