आइतबार, वैशाख ७, २०८२

५ वर्षीया बालीकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीया वृद्ध पक्राउ

मेरोन्यूज २०७८ वैशाख २० गते १२:२९

जुम्ला । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया