शनिबार, वैशाख १२, २०८३

भारतको एक अस्पतालमा अक्सिजनको कमी हुँदा २३ कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २० गते १३:०५

काठमाडौँ । भारतको कर्नाटक राज्यस्थित चामराजनगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमी हुँदा २४ जनाको मृत्यु भएको छ । जसमा २३ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित रहेका थिए । एक जना अन्य रोगको विरामी भएको समाचारमा जनाइएको छ ।

Advertisement
NiccNicc

अक्सिजनको कमी भई कोरोना संक्रमितको मृत्यु भए पनि जिल्ला प्रशासन कार्यालयले अक्सिजनको कमी नभएको बताउँदै आएको छ । ‘अस्पतालमा जुन विरामीको मृत्यु भएको छ, उनीहरू सबै भेन्टिलेटरमा थिए, यी विरामीहरू पहिले नै गम्भिर अवस्था रहेका थिए,’ जिल्ला प्रमुख अधिकारी एमआर रविले भने, ‘त्यसैले अक्सिजनको कमी भएर विरामीको मृत्यु भएको समाचार गलत हो ।’

जिल्ला प्रमुख अधिकारीले अक्सिजनको सप्लायर्स पूरा भइरहेको बताउँदै आएका छन् । उनले भने, ‘म आफै अक्सिजनको अवस्थाबारे बुझ्ने गरेको छु, गत आइतबार मात्रै ६० वटा नयाँ सिलिण्डर ल्याएका छौँ ।’ एजेन्सी

प्रतिक्रिया