भारतको एक अस्पतालमा अक्सिजनको कमी हुँदा २३ कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २० गते १३:०५

काठमाडौँ । भारतको कर्नाटक राज्यस्थित चामराजनगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमी हुँदा २४ जनाको मृत्यु भएको छ । जसमा २३ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित रहेका थिए । एक जना अन्य रोगको विरामी भएको समाचारमा जनाइएको छ ।
अक्सिजनको कमी भई कोरोना संक्रमितको मृत्यु भए पनि जिल्ला प्रशासन कार्यालयले अक्सिजनको कमी नभएको बताउँदै आएको छ । ‘अस्पतालमा जुन विरामीको मृत्यु भएको छ, उनीहरू सबै भेन्टिलेटरमा थिए, यी विरामीहरू पहिले नै गम्भिर अवस्था रहेका थिए,’ जिल्ला प्रमुख अधिकारी एमआर रविले भने, ‘त्यसैले अक्सिजनको कमी भएर विरामीको मृत्यु भएको समाचार गलत हो ।’
जिल्ला प्रमुख अधिकारीले अक्सिजनको सप्लायर्स पूरा भइरहेको बताउँदै आएका छन् । उनले भने, ‘म आफै अक्सिजनको अवस्थाबारे बुझ्ने गरेको छु, गत आइतबार मात्रै ६० वटा नयाँ सिलिण्डर ल्याएका छौँ ।’ एजेन्सी
सम्बन्धित










कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया