किन गरे धनाढ्य बिल गेट्सले सम्बन्ध विच्छेद ?

काठमाडौं । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् ।
माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका छन् ।
बिल गेट्सले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौं । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूला बनायौं । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौं । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौं । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौं । त्यसैले नयाँ जीवन सुरु गर्न जादैछौं ।”
बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् ।
बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुका तीन सन्तान छन् ।
दुवै मिलेर बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया