ललितपुरका सिडिओलाई कोरोना पुष्टिका बीच उपत्यकामा सिडिओको बैठक बस्दै

काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएको भन्दै उनी आज काठमाडौँ उपत्यकाका सिडिओहरूको बैठकमा सहभागी नहुने भएका छन् ।
बैकठमा सिडिओ निरौला भर्चुअल माध्यमबाट उपस्थित हुने छन् भने सहायक प्रमुख जिल्ला अधिकारीको बैठकमा सहभागिता हुनेछन् । उनी अहिले आइसोलेशनमा नै रहेका छन् ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरस तीव्र गतिमा फैलिएको भन्दै आज रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न तीन जिल्लाका सिडिओहरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षा गरी आगामी रणनीतिबारे छलफल हुने भएको छ ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेको भन्दै गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ ।
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया