आईपीएल टी-ट्वान्टी
चेन्नई र राजस्थानबीचको खेल स्थगित
मेरोन्यूज
२०७८ वैशाख २१ गते १३:३६

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ ।
कोरोना भाईरसको कारण दिल्लीमा भोलि (मंगलबार) हुने चेन्नई र राजस्थानबीचको खेल स्थगित गरिएको हो ।
चेन्नईका तीन अफिसियललाई कोरोना देखिएपछि खेल स्थगित गरिएको हो । चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको हो ।
तीन जनामा कोरोना देखिएपछि चेन्नईका खेलाडीहरु क्वारेन्टिनमा बसेका छन् । खेलाडीमा कोरोना देखिएपछि सोमबार कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल समेत स्थगित भएको थियो ।
सम्बन्धित
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया