संक्रमित स्वास्थ्यकर्मी उपचारमा संलग्न, एकै अस्पतालमा १३ जना संक्रमित
मेरोन्यूज
२०७८ वैशाख २१ गते १७:१२
धादिङ । जिल्लामा कोरोना संक्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन् ।
धादिङ अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स–रे गर्ने काम गरिरहेका छन् । उनले भने, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ ।”
उनले गत १८ वैशाखदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेका थिए । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड–१९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।
सम्बन्धित
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया