मंगलबार, चैत २४, २०८२

काेराेना भाइरस

उपत्यकामा निषेधाज्ञा एक साता थपियो, खाद्य सामग्रीका पसल बिहान मात्र खुल्ने

बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत शाखा मात्र सञ्चालनमा आउने

मेरोन्यूज २०७८ वैशाख २१ गते १८:५४

काठमाडौं । निषेधाज्ञा लागू गर्दा पनि कोरोना संक्रमण नघटेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवातजावतलाई खुम्च्याउँदै थप कडाइ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अत्यावश्यक खाद्य सामग्रीको पसल, व्यवसाय र डिपाटमेन्टल स्टोर (खाद्य सामग्री मात्र बिक्री गर्ने प्रयोजनका लागि) बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि खाद्य सामग्रीका पसल बिहान ७ देखि ९ र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न दिइएको थियो । अब बेलुका पसल खोल्न पाइनेछैन । यस्तै बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयमात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चाल गर्ने व्यवस्था मिलाउन पनि प्रशासनले निर्देशन दिएको छ ।

यसअघि एक साताका लागि लगाइएको निषेधाज्ञाको समय बढाएर यही वैशाख २९ सम्म पुर्याइएको छ । संक्रमण बढेपछि उपत्यकामा यही वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको थियो ।

प्रतिक्रिया