अमेरिकाभन्दा भारतमा ९ गुणा बढी कोरोना संक्रमण पुष्टि

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा अमेरिकामा पुष्टि भएको नयाँ संक्रमितभन्दा ९ गुणा बढी देखिएको छ । भारतमा हिजो एकै दिन ३ लाख ८२ हजार ८४७ नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि हुँदा संसारमा सबैभन्दा धेरै संक्रमित भएको अर्को देश अमेरिकामा ४२ हजार ३५४ संक्रमित पुष्टि भएको छ ।
भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै पछिल्ला दिनमाहरूमा दैनिक करिब ४ लाख बराबरको नयाँ संक्रमित पुष्टि हुँदै आएको छ । गत ३ दिन लगातार नयाँ संक्रमित पुष्टि हुने क्रम कमी भइरहँदा मंगलबार पुनः नयाँ संक्रमित तीव्र रुपमा बढेको देखिएको छ ।
यस्तै, कोरोनाबाट ज्यान गुमाउने संख्या पनि लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा मात्रै ३ हजार ७८३ जनाले ज्यान गुमाएका छन् । यो एकैदिनमा कोरोनाबाट ज्यान गुमाउने संख्यामा सबैभन्दा धेरै हो । यसैगरि, पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार मानिस कोरोनाबाट मुक्त भएका छन् । यो पनि भारतमा एकैदिन निको हुने संख्याको रेकर्ड हो ।
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया