उपेन्द्रको निवासमा एकैसाथ किन पुगे प्रचण्ड र माधव नेपाल ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आउने सोमबार संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने निर्णय गरेपछि विपक्षी गठवन्धन त्यसलाई असफल बनाउने योजनामा जुटेको छ ।
कांग्रेस र माओवादी केन्द्रले मंगलवारमात्रै ओली नेतृत्वको सरकारले लिन खोजेको विश्वासको मत लाई असफल पार्ने निर्णय लिएपछि विपक्षी गठवन्धनहरु सोही अनुसारको राण्नीति बनाउन आन्तरिक छलफलमा जुटन थालेका हुन् ।
काग्रेस र माओवादी त ओलीको रणनीति असफल पार्ने योजनामा लाग्ने नै भए, तर यो मोर्चावन्दीमा एमालेकै माधव नेपाल पक्ष पनिजुटेको छ । आजै विहान ८ वजेदेखि साढे १० वजेसम्म ढेड घण्टा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हात्तिवनस्थित निवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्रका वीचमा भेटवार्ता भएको छ ।
गोप्य राखिएको यो भेटवार्ताका लागि प्रचण्ड आफुले चढदै आईरहेको गाढी छोडेर अर्काे नयाँ गाढीमा पुगेका थिए भने माधव नेपाल आफन्तको गाढीमा ।
ओलीले विश्वासको मत लिएपनि, नलिएपनि आफुहरुलाई कारवाही नै गर्ने देखेपछि माधव नेपाल पक्षका प्रत्यक्ष तर्फ जितेका २२ सांसदहरु सामुहिक राजीनामा दिएर अगाडी वढ्ने की भन्ने आन्तरिक छलफलमा जुटिरहेकै बेला नेपालले प्रचण्ड र उपेन्द्रसँग एउटै मोर्चामा रहने गरी भेटवार्ता गरेका हुन् ।
सोमबार साझ मात्रै देउवाका आफन्त प्रमोद राणाको निवासमा देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्रका वीचमा छुटटै गोप्य भेटवार्ता भएको थियो ।
ओलीले जसपालाई समेत विभाजनमा लैजाने गरी महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफुतिर तान्ने प्रयास गरेपछि यादव पक्ष ओलीको रणनीति विफल वनाउन जुटिरहेको छ । त्यसक्रममा जसपाका कति सांसद विपक्षमा रहन सक्छन् र माधव नेपाल पक्षका कति सांसदले ओलीको विपक्षमा उभिन सक्छन् भन्ने अंकगणितमा केन्द्रीत रहेर छलफल भएको स्रोतको भनाई छ ।
यो भेटघाट सकिएपछि प्रचण्ड सिंहदरवार पुगेका थिए । त्यहा ओलीलाई दिएको समर्थन फिर्ताको पत्रमा हस्ताक्षर गरेर निवास फर्केका थिए । निवासमा उनले काग्रेसका अमरेसिंह लगायतसँग भेटघाट गरेको स्रोतको भनाई छ । उता नेपालले पनि उपेन्द्र निवासमा प्रचण्ड सहितको गोप्य वार्तापछि आफ्नै निवास कोटेश्वरमा भीम रावल लगायतका नेतासँग आन्तरिक छलफल गरेका छन् ।









एनपीएल कान्तिपुर म्याक्सबाट लाइभ हुने
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया