सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २२ गते १३:०६

सुनसरी । सुनसरीको इटहरीमा मंगलबार राति भएको सवारी दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
ईटहरी उपमहानरगपालिका-६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२० प ४६८३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान ३३ वर्षीय कमल बहादुर खड्काको मृत्यु भएको हो ।
झापाको कचनकवल गाउँपालिका.६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
प्रतिक्रिया