सिरहाबाट १२ किलो गाँजा सहित ३ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २२ गते १६:४०

सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति प्रहरीले धनगढीमाई नगरपालिका-१३ बस्ने २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय संजय यादवलाई १२ किलो गाँजा सहित पक्राउ गरेको हो ।
स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।
सम्बन्धित

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया