मंगलबार, चैत २४, २०८२

बैशाख २७ अघिनै वारपारको मुडमा ओली र नेपाल पक्ष

दुबै एकले अर्कोलाई गलाउने रणनीतिमा

मेरोन्यूज २०७८ वैशाख २३ गते ८:२१

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते सदनमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा एमालेभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नेताहरुले अन्तिम पहलकदमी प्रयास थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेलले माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईलाई बुधबार दिउँसो आफ्नै कार्यकक्षमा भेटघाट गरे ।

उपप्रधानमन्त्री पोखरेल आफैंले नेता भट्टराईलाई बोलाएर पार्टीभित्रको विवाद मिलाउने उपाए के हो भनेर सोधेका थिए । उनले पार्टीभित्रको विवाद सुल्झाएर जानुपर्ने विषयमा छलफल गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलसँग भेटघाटमा नेता भट्टराई र गणेश पहाडी सहभागी भएका थिए । त्यसक्रममा भट्टराइले पार्टी अध्यक्ष ओलीले चाहे पार्टीभित्रको विवाद एकै मिनेटमा मिलाउन सकिने धारणा व्यक्त गरेका थिए ।

पार्टी अध्यक्ष ओलीले फागुन २८ को निर्णय सच्याउन तयार रहेको र त्यही निर्णयबाट पछि हटेपछि पार्टी मिलाउन केही अर्को उपाएको खोजी गर्नु नपर्ने सुझाव नेता भट्टराईले दिएका थिए ।

पार्टी मिलाउने जिम्मेवारी तपाईको पनि हो त्यसमा तपाईले हल गर्नुस बाहिर विवाद सुल्झाउन नदिने नेताको रुपमा चित्रण गरिएको छ त्यो दागलाई मेटाउनुस भन्दै भट्टराइले पोखरेललाई पार्टीभित्रको विवाद सुल्झाउने पहलकदमी लिन आग्रह गरेका थिए ।

त्यसपछि उपप्रधानमन्त्री पोखरेलले विहिबार बसेर थप कुराकानी गर्ने भन्दै बुधबार भट्टराईसँग डेढ घण्टाको छलफल टुंगाएका थिए । ‘अहिले हामी शेरबहादुर देउवाकोमा जान्छौं भोली भेटेर कुराकानी गरौला म खबर गर्छु’, पोखरेलको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

यद्यपि गणेश पहाडीले भने कुराकानी अघि बढिरहेको र बिहीबार भेटघाट हुने/नहुने बारेमा केही कुराकानी नभएको बताए । बुधबार उपप्रधानमन्त्रीले बोलाउनु भएको थियो हामीले पार्टी मिलाउने जिम्मेवारी तपाईको पनि हो भन्यौ’ सांसद पहाडीले भने ।

दुई नेताको भेटघाटपछि पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ गएका थिए ।

देउवालाई भेटेर आएपछि ओली निकट रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराई लगायतका एक दर्जन नेताहरुले वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवाद मिलाउन आग्रह गरेका थिए ।

बुधबार नै उनीहरुले पार्टीको आन्तरिक विवाद मिलाएर गए नेता कार्यकर्तामा राम्रो सन्देश जाने र एमालेभित्रको एउटा पक्षलाई बाहिर राखेर अन्य पार्टीको समर्थन खोज्नु उपयुक्त नभएको भन्दै विवाद सुल्झाउन आग्रह गरेको स्रोतको दाबी छ । उ

नीहरुले पार्टीको विवादलाई मिलाएर लैजान आग्रह गरेपछि ओलीले आफूले पहल गरिरहेको र कुनै न कुनै माध्यमबाट कुराकानी भैरहेको बताएका थिए ।

ओलीले नेपाल समूहका नेताहरुलाई बेग्ला बेग्लै कुराकानी गरेपनि उनीहरुले माधव नेपाललाई बोलाएर सम्झाउन र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन आग्रह गरेका थिए ।

माओवादीबाट आएका साथीहरुलाई पनि त्यतिबेलैको केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर केन्द्रीय सदस्य बनाऔं भनेको थियौ साथै फागुन २८ गते नेपालपक्षका नेताहरुको जिम्मेवारी खोस्ने र विधान संशोधन जस्ता निर्णय सच्याउन आग्रह गरेपछि ओलीले नेपाल पक्षका सांसद र नेताहरुलाई केही दिनदेखि भेटघाट गरेका छैनन् । तर पनि ओली पक्षका नेताहरुले नेपाल पक्षका नेताहरुसँग सम्बाद जारी राखेका छन् ।

पछिल्लो पटक नेपाल पक्षका नेताहरुले सामूहिक राजिनामा दिने भन्ने विषय बाहिर आएको छ । जसमा एकथरीले तत्काल सोही अनुरुप जानुपर्नेमा दवाव बढाएका छन् ।

अर्को समुहले अझै केही समय धैर्य गर्दै एकपटक ओलीलाई विश्वासको मत दिने त्यति गर्दा पनि ओलीले पार्टीभित्र प्रवेश गर्ने ढोका बन्द गरिरहे सामूहिक राजिनामा दिएर नेता कार्यकर्ताहरुको माझमा जाँदामात्रै फुटको औचित्य पुष्टि हुने बताइरहेका छन् ।

नेपाल पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले त सार्वजनिक रुपमै २७ वैशाख अघि नै सामूहिक राजिनामा दिने विषय असत्य भएको बताइसकेका छन् । तर दुबै पक्ष बैशाख २७ अघिनै एकअर्कालाई गलाएर आफ्नो रणनीति पूरा गर्ने खेलमा छन् ।

माधव समूह सरकारलाई निरन्तरता दिनका लागि बैशाख २७ अघिनै ओली झुक्ने र यहिबेला आफ्ना माग पूरा गराउने रणनीतिमा छ । अर्कोतर्फ ओली समुहपनि बैशाख २७ अघिनै सकभर फकाउने, तर आफु विरुद्ध मतदान गर्ने अवस्था आए पार्टि र सांसद दुबैबाट नेपाल समुहका सबैलाई हटाउने रणनीतिमा छ ।

त्यो अवस्था आए माधव समुहका आधा नेता, सांसदले माधवको साथ छोड्ने आकलन बालुवाटारको छ । तर माधव समुह भने आफुहरु एकतावद्ध रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया