पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल

महेन्द्रनगर। शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताए ।
मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । उनले भने, “आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ । पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइने छ ।”
देशभर शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पोखरेलले सरकारले प्राथमिकतामा राखेका विषयलाई ध्यान दिएर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन दिए ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया