रेम्डिसिभिर औषधि कालोबजारी गरेको अभियोगमा गोर्खाका युवक पक्राउ

काठमाडौं । कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले बिहिबार गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मियालाई पक्राउ गरेको हो ।
६ थान रेम्डिसिभिर औषधिको करिब ३० हजार मूल्य पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गर्ने भन्दै बार्गेनिङ गरेर बसुन्धरामा बिक्री गर्न आएको अवस्थामा मियालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडि निलकण्ड लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् । फर्माका ढकाल हाल फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।
उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरी अपराध महाशाखाले जनाएको छ ।
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया