रेम्डिसिभिर औषधि कालोबजारी गरेको अभियोगमा गोर्खाका युवक पक्राउ

काठमाडौं । कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले बिहिबार गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मियालाई पक्राउ गरेको हो ।
६ थान रेम्डिसिभिर औषधिको करिब ३० हजार मूल्य पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गर्ने भन्दै बार्गेनिङ गरेर बसुन्धरामा बिक्री गर्न आएको अवस्थामा मियालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडि निलकण्ड लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् । फर्माका ढकाल हाल फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।
उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरी अपराध महाशाखाले जनाएको छ ।










कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया