प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २३ गते १८:३०

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ ।
मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ । कोलम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् ।
राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ । आन्दोलन देशव्यापी हुँदै गएको छ ।
सम्बन्धित









पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया