छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा
मेरोन्यूज
२०७८ वैशाख २४ गते ६:५४

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौंबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।
काठमाडौंबाट जनकपुर गइरहेको काठमाडौं पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतियात्रु १५ हजार रुपैयाँको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायतको साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौं ।”
सम्बन्धित















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया