राष्ट्रियसभा उपचुनाव : गृहमन्त्री बादल र देवकोटाले दर्ता गरे उम्मेदवारी

हेटौँडा । आगामी ६ जेठमा हुन लागेको राष्ट्रियसभाको बागमती प्रदेशतर्फ अन्य समूहको रिक्त पदमा गृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा यसअगाडि उनले नै जितेका थिए । माओवादी केन्द्रबाट त्यसबेला चुनाव जितेका थापा एमाले माओवादी अलग गराइदिने सर्वाेच्चको २३ फागुनको निर्णयपछि एमाले बनेका थिए ।
त्यसपछि माओवादी केन्द्रले थापाको पद रिक्त गराएको थियो । त्यही रिक्त पदमा एमालेको आजै बसेको स्थायी समितिको अनौपचारिक बैठकले गृहमन्त्री थापालाई नै उम्मेदवारी बनाउने निर्णय गरेपछि उनी उम्मेदवारी दर्ता गर्न हेटौँडा पुगेका थिए ।
गृहमन्त्री थापाको उम्मेदवारीमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।
उता गृहमन्त्री थापाविरुद्ध विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । कांग्रेस, माओवादीलगायतका दलको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । तर उनले उम्मेदवारी दर्ता स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएका छन् ।
डा. देवकोटाको उम्मेदवारी दर्तामा भने माओवादी प्रदेश सभा दलका नेता शालिकराम जम्मकटेल प्रस्तावक र नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले समर्थक बसेकी छन् ।
नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङको उम्मेदवारी गरेको छ । उनको प्रस्तावकमा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

















आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
उसु टोली चीन जाने
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया