‘अक्सिजन समयमै दिए धेरै कोरोना संक्रमितको ज्यान जोगाउन सकिन्छ’

काठमाडौँ । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट बढेसँगै अस्पतालहरु संक्रमितले भरिन थालेका छन् । अस्पतालमा पुगेका ९० प्रतिशत संक्रमितमा अक्सिजनको मात्रा घटेको पाइएको छ ।
चिकित्सकहरुका अनुसार ९० प्रतिशत संक्रमित घरमै निको हुन्छन् । डा. नारायण भुसाल भन्छन्, “यदि, कोरोना संक्रमणबाट नआत्तिएर घरमा बसे पनि, सबैभन्दा महत्वपूर्ण कुरा भनेको शरीरमा अक्सिजनको मात्रा कति छ ? त्यो जाँच गरिरहनु पर्छ ।”
डा. भुसालकै शब्दमा
कोरोना संक्रमण हुँदा के गर्ने ?
यदि, तपाईको जिउ दुखेको छ ? झाडापखाला लागेको छ ? भने तुरुन्त आफूमा कोभिड भएको आशंका गर्नुपर्छ । अर्को कोरोना संक्रमण हुँदैमा नआत्तिएर घरमा बस्ने गर्नुपर्छ । महत्वपूर्ण कुरा भनेको शरीरमा अक्सिजनको मात्रा कति छ ? जाँच गरिरहनु पर्छ ।
ज्वरो आएको छ भने सिटामोल खाने । झाडापखाला लाग्यो भने जिवनजल खाने । तर, समय समयमा अक्सिजनको मात्रा जाँच गरिरहनु पर्छ ।
शरीरमा अक्सिजनको मात्रा जाँच गर्ने ‘पल्स अक्सिमिटर’ भन्ने हुन्छ । यसबाट जाँच गर्दा मुटुको चाल र शरीरमा अक्सिजनको मात्रा थाहा हुन्छ । अर्को तपाईको शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा बढी छ, भने घरमै बस्न सक्नुहुन्छ । तर, ९२ भन्दा लत तपाईको अक्सिजन झरेको छ भने तुरुन्तै अस्पतालमा गएर अक्सिजन लिनु पर्छ ।
समयमै अक्सिजन थेरापी लिन सकेमा धेरै मानिसको ज्यान जोगाउन सकिन्छ । कतिपयमा शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा तल झर्दा पनि कुनै पनि लक्षण नदेखिन सक्छ । क्रमस घट्दै गएर ८० देखि ७५ मा झर्छ । यस्तो अवस्थामा संक्रमितको छाती खराब भइसकेको हुन्छ ।
त्यसैले ९२ बाट ९० पुग्दैमा तुरुन्तै अस्पतालमा गएर अक्सिजन लिनु पर्छ । अहिलेको उपचारमा अक्सिजनका ठूलो भुमिका छ । चोक चोकमा अक्सिजनको मात्रा हेर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्छु ।
खुल्ला स्थानमा अक्सिजन सर्पोटसहितको मेक्सेफ हस्पिटल बनाउन सकिन्छ । जहाँ एक हजारदेखि २ हजार मानिस राखेर अक्सिजन दिन सकियो भने मात्र पनि अहिलेको अवस्थमा धेरै मानिसको ज्यान जोगाउन सकिन्छ ।
अक्सिजनको मात्रा घटेको संक्रमितले समयमै अक्सिजन पाएमा आइसियू र भेन्टिलेटरमा जाने दर निकै कम गर्न सकिन्छ । अक्सिजन लिने ठाउँमा स्वास्थ्यकर्मीको निगरानी पनि हुने औषधि दिनु पर्ने हो कि आइसियू दिनुपर्ने समयमै हुन्छ ।
कोरोना देखिएका ९० प्रतिशत घरमै निको हुन्छन् । यदि, स्वास फेर्न गाह्रो भएमा अक्सिजनको मात्रा ७० देखि ८० प्रतिशतमा पुगेको हो । त्यो समयमा निकै ढिलो भइसकेको हुन्छ ।
डा. भुसाल सुमेरु अस्पतालका मृगौला प्रत्यारोपण सर्जन हुन् ।
















घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया