मकवानपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरि गाउँपालिका वडा नम्बर–७ बस्ने १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ ।
घाइतेको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया