शुक्रबार, चैत २०, २०८२

अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २५ गते १५:१२

पर्सा । अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएपछि औषधी पसलका सञ्चालक समेत रहेका वीरगन्ज महानगरपालिका(१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ । शुक्रबार दिउँसो उनको घरमै रहेको पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि तिवारीलाइ पक्राउ गरेको हो । पक्राउ परको तिवारीविरुद्ध कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया