संक्रमितको ज्यान बचाउन प्रहरीले गरे अक्सिजन सिलिण्डर संकलन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालमा अक्सिजन सिलिण्डर अभाव नहोस् भन्ने उद्देश्यका साथ जिल्लाका विभिन्न स्थानबाट सिलिण्डर संकलन गरेको छ । प्रहरीले मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानबाट सिलिण्डर संकलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट संकलन गरी विभिन्न अस्पतालमा पठाउने गरी १८७ थान अक्सिजन सिलिण्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, विभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा संकलन गरिएका उक्त अक्सिजन सिलिन्डर पछि सम्बन्धित संस्था तथा कम्पनीलाई फिर्ता गर्ने गरी हाल कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने बताइएको छ ।
अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डर अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराइदिन समेत जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया