संक्रमितको ज्यान बचाउन प्रहरीले गरे अक्सिजन सिलिण्डर संकलन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालमा अक्सिजन सिलिण्डर अभाव नहोस् भन्ने उद्देश्यका साथ जिल्लाका विभिन्न स्थानबाट सिलिण्डर संकलन गरेको छ । प्रहरीले मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानबाट सिलिण्डर संकलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट संकलन गरी विभिन्न अस्पतालमा पठाउने गरी १८७ थान अक्सिजन सिलिण्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, विभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा संकलन गरिएका उक्त अक्सिजन सिलिन्डर पछि सम्बन्धित संस्था तथा कम्पनीलाई फिर्ता गर्ने गरी हाल कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने बताइएको छ ।
अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डर अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराइदिन समेत जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया