अफगानिस्तानको विद्यालयमा बम बिस्फोट, ५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालयमा शनिबार अपराह्न ४ बजे भएको बिस्फोटमा सयभन्दा बढी घाइते भएका छन् ।
काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताए । अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले जानकारी दिए । विद्यालय छुट्टी भएर विद्यार्थीहरु आआफ्ना घरतिर जान लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ ।
अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिवानले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ ।
अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको भत्र्सना गरेका छन् । उनले घाइतेको सर्वोत्तम उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया