फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने एजेन्सी
बैंकको कारोबार पनि घरबाटै

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ । नेपालमा पहिलो पटक भएको साझेदारी डिजिटल मार्केटिङ् एजेन्सीको रुपमा हेरिएको छ ।
साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सी लागि सहज बाटो खोलेको छ । अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान,सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट लाभ लिन सक्नेछन् ।
फेसबुक विज्ञापन कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म सामाजिक सञ्जाल विज्ञापनको भुक्तानी अनौपचारिक रुपमा गरिने हुनाले देशको अर्थव्यवस्थामा हानी भइरहेको छ ।
फेशबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग २ अर्ब खर्च गरिरहेका छन् । जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रुपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन ।
फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापन अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र लेखापढी राख्न सक्नेछन् । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ ।
फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो,जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिसिनेस मेसेजएज र साउटआउटको पनि विक्रेता हो । यसको स्थापनादेखि नै फिटले आफ्नो ग्राहक उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, “हामी विश्वास गर्छौँ कि जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौं । यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरु र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा पनि उद्योगलाई फाइदा पु¥याउने साझेदारी ल्याउन चाहन्छौँ ।”
यसैबिच कारोनाका कारण निशेधाज्ञा भइरहेका बेला त्रास पुनः बल्झिएसँगै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । धेरै क्षेत्रहरु बन्द भए पनि दैनिक उपभोग्यसँगै अत्यावश्यक बैंकिङ, बिमा लगायतका क्षेत्रहरुले निषेधाज्ञामा पनि सेवा संचालित भएका छन् ।
तर नेपाल बैंकर्स एशोशियसनले समस्या अवस्थाका बेला बैंकका कर्मचारी पनि कोरोना संक्रमित भएकाले ई–बैंकिङ सेवाबाट कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
एशोसियसनले बैंकिङ कारोबार घरमै बसेर गर्न सकिने भएका कारण सेवाग्राहीले बैंक नै जानु पर्ने बाध्यता नभएकाले घरमै बसेर ई–बैंकिङ सेवा प्रयोग गर्नमा जोड दिएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया