अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका सञ्चालक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २७ गते १६:५०

घनुषा । जिल्लाको जनकपुर उपमहानगरपालिका–९ बाट अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय घनुषाले जनकपुरस्थित बिनिता सर्जिकल स्टोरका संचालक सिरहाको शुखिपुर नगरपालिका घर भएका ३० वर्षीय भुपनारायण शाहलाई पक्राउ गरेको हो ।
१ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार बिनिता सर्जिकल स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको हो । शाहलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया