वैकल्पिक सरकार गठन प्रक्रियामा जसपा सहभागि हुँदैन – अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन् ।
गएराती अबेर विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले बैकल्पिक सरकार गठन प्रक्रियामा सहभागि नहुने बताएका हुन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा प्रतिनिधि सभामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेको थियो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको विश्वासको प्रस्तावको पक्ष/विपक्ष नभइ तटस्थ बसेको सो समूहले नयाँ सरकार गठन प्रक्रिमा पनि सहभागि नहुने जनाएको हो ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
त्यसपछि अध्यक्ष ठाकुरले मध्यरातमा विज्ञप्ति जारी गर्दै सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन् । ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो,’ ठाकुरले भनेका छन् ।
उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई मत नदिई ठाकुर पक्षका १५ जना सांसद तटस्थ बसेका थिए भने यादव पक्षका १५ जनाले ओलीको विपक्षमा सोमबार मत दिएका थिए । यससँगै जसपाभित्र नयाँ सरकार गठनका विषयमा विवाद देखिएको छ ।
एमालेको खनाल नेपाल समूहले समर्थन नगरे नयाँ सरकार गठनका लागि ठाकुर समूहको मत निर्णायक छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया