इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीसँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ।
करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेसनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ।
चारपाङ्ग्रे सवारीतर्फ टोयोटाको सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक विस्तार गरिरहेको छ।
यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ।
आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलताले वैद्य अर्गनाइजेसनलाई दुईपांग्रे बजारमा पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
अब सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो।
मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो, जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया