ढिस्कोले पुरिएर बालकको ज्यान गयो
मेरोन्यूज
२०७८ वैशाख २८ गते ९:१९

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ ।
बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।
फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए ।
ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सम्बन्धित








ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया