ढिस्कोले पुरिएर बालकको ज्यान गयो
मेरोन्यूज
२०७८ वैशाख २८ गते ९:१९

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ ।
बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।
फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए ।
ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया