विवाह नजिकिँदै गर्दा प्रहरी जवानले गरे आत्महत्या
मेरोन्यूज
२०७८ वैशाख २८ गते १४:११
काठमाडौँ । महोत्तरीमा एक प्रहरी जवानले आँपको रुखमा पासो लगाएर आत्महत्या गरेका छन् । सोमबार मध्यरातमा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकीबाट करिब सात सय मिटरको दुरीम रहेको आँपको रुखमा पासो लागेको अवस्थामा शव भेटिएको हो । प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहले ड्युटी सकेर राति के–कति कारणले आत्महत्या गरे भन्ने नखुलेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।
विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको आगामी जेठ ७ गते बिहे रहेको प्रहरीले जनाएको छ । बिहेको लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेको हो । मृतक प्रहरी जवानको परिवारलाई खबर दिइसकेको छ ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया