नारायणकाजी भन्छन् : जनता मारेर सरकार कसरी बस्न सकेको ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारको नालायकी र गैरजिम्मेवारीले हद नाघेको बताएका छन् । गर्न सक्ने काम पनि नगरेर सरकार जनता मारेर कसरी बस्न सकेको भन्दै माओवादी नेता श्रेष्ठले यस्तो अवस्थामा जनतालाई बचाउन सवैले जे-जे सकिन्छ आ-आफनो ठाउँबाट गर्न सवै जुट्नुपर्ने अपिल गरेका छन् ।
‘सरकारको नालायकी र गैरजिम्मेवारी हद भयो। गर्न सक्ने काम पनि नगरेर जनता मारेर कसरी बस्न सकेको रु यस्तो अवस्थामा जनतालाई बचाउन आआफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं,’ नेता श्रेष्ठले भने ।
कोभिडमा सरकारको तयारीको खरो आलोचनामा उत्रेका नेता श्रेष्ठले आइसियु र भेन्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेको वताएका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेको, राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबाट बाहिर पठाईरहेका दृश्य कारुण रहेको श्रेष्ठको भनाई छ ।
सामाजिक सन्जाल मार्फत श्रेष्ठले आक्रोश पोख्दै लेख्छन्, –‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डाड्ड संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता मारेर बस्न कसरी सकेको छ ? सरकाररु यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ-आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।’

















लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया