उपत्यकामा मात्रै २ सय ४० प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यारत २ सय ४० जना प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तिन जिल्लामा २ सय ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं परिसर मातहतका १ सय ५ र उपत्यकाका तिनै जिल्लामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुसिल सिंह राठौरले मेरोन्युजलाई बताए । विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ताराठौरले संक्रमण देखिएका प्रहरीहरु आइसोलेसनमा बसेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा उपत्यकाका ३ हजार ९ सय २४ गरी देशभर ९ हजार ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएसँगै उपत्यकामा निषेधाज्ञा घोषणा गरीएको छ । निषेधाज्ञामा सबै भन्दा बढी सुरक्षाकर्मीहरु नै फ्रन्टलाईनमा देखिन्छन् ।
कोरोना संक्रमणको बढ्दो संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा फ्रन्टलाईनमा खटिने जनशक्ती सुरक्षाकर्मी हो । कोरोनाको यस्तो प्रकोपमा सुरक्षाकर्मी अछुतो रहन्छ भन्ने होईन ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया