सुर्खेतबाट अवैध चितुवाको छाला सहित १ पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ३० गते १२:५६

सुर्खेत । गुर्भाकोट नगरपालिका(३ कुरिलेस्थित सडकबाट चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
७ फिट ६ ईन्च लम्बाई भएको १ थान चितुवाको छालासहित गुर्भाकोट नगरपालिका-९ बस्ने ३६ वर्षीय वीरेन्द्र कुमार खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे.४ प ४८८७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया