सुर्खेतबाट अवैध चितुवाको छाला सहित १ पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ३० गते १२:५६

सुर्खेत । गुर्भाकोट नगरपालिका(३ कुरिलेस्थित सडकबाट चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
७ फिट ६ ईन्च लम्बाई भएको १ थान चितुवाको छालासहित गुर्भाकोट नगरपालिका-९ बस्ने ३६ वर्षीय वीरेन्द्र कुमार खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे.४ प ४८८७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया