कर्णाली प्रदेशमा थपिएका मन्त्रीहरूको सपथ ग्रहण रोकियो
मेरोन्यूज
२०७८ वैशाख ३० गते १४:०२

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ थपिएका मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि थपिएका ३ मन्त्रीहरूको सपथ ग्रहण रोकिएको जनाइएको छ ।
बिहिबार बिहान ११ बजे सपथ गराउने तय भएपनि कांग्रेसले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएपछि रोकिएको हो । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी सीता नेपालीलाई दिने तयारी गरेका थिए ।
मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।
सम्बन्धित
















सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया