सोमबार, चैत ३०, २०८२

बागमती सरकारले गाडी भाडा समायोजन गर्‍यो, कहाँको कति ? (सूचीसहित)

मेरोन्यूज २०८२ चैत २८ गते १३:५९
ktm buspark gongabu

बागमती प्रदेश सरकारले  प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ । यो काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका शहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजना गरिएको भाडादर हो ।

Advertisement
nepal life insurencenepal life insurence

एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ ।  यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।

बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको हो । 

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । 

त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ ।

विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ । ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया