सरकारले भन्यो- १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू, निजी अस्पतालले भने- सक्दैनौं

काठमाडौं । सरकारले १५ दिनभित्र कम्तिमा १०० सय बेड भएका निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीको उपस्थितिमा बसेको आइसीएस कमाण्डको बैठकले अवधी तोकेर कम्तिमा १०० बेड भएका सबै अस्पताललाई अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको थियो । त्यसबापत उसले राजश्व छुट लगायतका सहुलियत दिने भनेको थियो ।
तर निजि अस्पताल सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्तकुमार चौधरीले विज्ञप्ति जारी गरी अक्सिजन प्लान्टको मूल्य कम्तीमा २ करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकाले तत्काल जडान गर्न नसक्ने बताएका छन् ।
“अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ ”विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, १०० शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड खर्च लाग्छ। सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम नरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
‘










प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
नागरिक लगानी कोषले बोलायो साधारणसभा
EC scraps six political parties
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया