पछि हटे कांग्रेस-माओवादी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) नयाँ सरकार गठन प्रक्रियाबाट पछि हटेका छन् ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबार सदनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका ओलीको विकल्पमा राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
आजै बेलुकी ९ बजेसम्मको समयसीमा निर्धारण गरेर राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनसार सरकार गठनको आह्वान गरेकी थिइन् । तर संसदमा सरकार गठनका लागि आवश्यक पर्ने १३६ सांसदको संख्या जुटाउन नसकेपछि कांग्रेस र माओवादी दुवै दल सरकार गठनको प्रक्रियाबाट आफैं पछाडि हटेका हुन् ।
कांग्रेसले पार्टी पदाधिकारी बैठक गरेर जसपा नेता महन्थलाई सम्झाउन खोज्दा नसकिएको र महन्थले नमानेको देउवाले पार्टी बैठकमा बताएका थिए ।
‘अब झन्झट तिर लाग्दै नलागौं, उल्टै ओलीले बहुमतको सरकार दाबी गर्न पुग्ने संख्या उतै देखियो, न जसपाको महन्थ माने, न माधव नेपालहरुले नै वचनअनुसार राजीनामा दिए’ पार्टी पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ थियो ।
ओलीसँग नसकिएको भन्दै देउवाले अब सरकारको दाबी गर्ने नजाने निर्णय सुनाएका थिए । देउवाले बिहान जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका थिए ।
त्यसलगत्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए । देउवासँगको छलफल लगत्तै प्रचण्डले पनि आफ्नो पार्टीको स्थायी समिति बैठक कोटेश्वरमा बोलाएका थिए ।
त्यहाँ प्रचण्डले पनि फेरि ओली ले नै बाजी मारे, उनी नै प्रधानमन्त्री हुने भए भन्दै अब सरकारको दाबी गर्न नजाने निष्कर्ष सुनाएका थिए ।
‘हामीले सकेनौं, ओली नै प्रधानमन्त्री हुने भए, जसपाको महन्थ मानेनन्, माधव नेपाल समूह पनि ओलीतिर जाने देखियो, सम्भावनै भएन,’ प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई भनेका थिए ।
‘संसदमा आवश्यक संख्या बहुमत नै नपुगेपछि के सरकारको दाबी गर्न जानु अब जाने कुरै भएन्’ पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ सुनेका माओवादी स्थायी समितिका सदस्य गणेश साहले मेरोन्यूजसँग भने ।
कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले पनि भने, ‘उपेन्द्र यादवजी त तयार हुनुहुन्थ्यो तर महन्थ ठाकुर राजेन्द्र महतोले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो । माधव नेपालजीहरुको पनि निर्णय आएन । सरकार बनाउन संख्यै पुग्ने देखिएन ।’











अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया