ब्रोकर कार्यालयमा तीन कर्मचारी मात्र राख्न निर्देशन

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ ।
बोर्डले विज्ञप्तिमार्फत आज सूचना प्रविधिसम्बन्धी कार्य गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।
साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार करम तत्काल उपलब्ध गराई सहयोग गर्ने, कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्ने र नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया