सुरक्षित तवरले चाडपर्व मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आह्वान गरेका छन् । इस्लाम समुदायको पवित्र पर्व इदुल फित्रको अवसरमा शुभकामना दिँदै उनले विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आह्वान गरेका हुन् ।
‘विगत डेढ वर्षदेखि हामी विश्वव्यापी संकटका रुपमा कोरोना भाइरस (कोभिड-१९) भाइरसको महामारी सामना गरिरहेका छौँ,’ उनले भने, ‘महामारीलाई रोक्ने हाम्रो अथक प्रयत्नका बावजुद यस महाव्याधिका कारण धेरै दिदीबहिनी दाजुभाइहरुले ज्यान गुमाइसक्नु भएको छ ।’
ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै यस्ता विशेषताहरु मौलिक पुँजीको रुपमा रहेको बताएका छन् । आलीले एकता र सहिष्णुताको यस पुँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्ने बताए ।
‘विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ ओलीले भने, ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको छ ।’
सन्देशमा ओलीले विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् । उनले समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा आफूहरु लागेको बताएका छन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया