क्याविनेटमा प्रधानमन्त्रीका नयाँ सारथी
पूर्व माओवादीका ५ नेता फेरि मन्त्री दोहोरिँदैं
दावा तामाङ र गौरीशंकर चौधरीमात्रै नदोहोरिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्र छोडेर एमालेमा आएका मध्येबाट ५ नेतालाई फेरि मन्त्रीमा दोहोराउने भएका छन् । प्रधानमन्त्री ओलीले अहिले दिउँसो साढे २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै अधिकाशं पूरानै मन्त्रीलाई र केही नयाँ लाई थपेर मन्त्रीमण्डल गठन गर्ने अनितम तयारी गरेका छन् ।
जसमध्ये यस अगाडी ओली नेतृत्वको सरकारमा रहेका ७ पूर्व माओवादी मन्त्रीमध्ये ५ जना दोहोरिएर फेरि मन्त्री वन्दैछन् । गृहमन्त्री रहेका रामवहादुर थापा (बादल)लाई सोही मन्त्रालयको जिम्मेवारी दिएर ओलीले दोहोराउने भएका छन् । बालुवाटार स्रोतका अनुसार, बादललाई फेरि पनि प्रधानमन्त्रीले गृहमन्त्रीकै जिम्मेवारी दिएर आजै मन्त्रीको रुपमा सपथ ग्रहण गराउँदैछन् ।
त्यसैगरी टोपवहादुर रायमाझी, लेखराज भटट, मणि थापा र प्रभु शाह पनि दोहोरिएर मन्त्री बन्दैछन् ।
प्रधानमन्त्री ओलीले आफुलाई अप्ठायारो अवस्थामा पनि साथ दिएको भन्दै माओवादी छोडेर आएका यी नेतालाई फेरि दोहोराएर मन्त्री बनाउन लागेका हुन् ।
बादल, रायमाझी, भटट र शाहले सांसद पद समेत गुमाएर ओलीलाई साथ दिएका थिए ।
उनीहरु चारै जना अहिले गैह सांसदका रुपमा छन् । बादल राष्टिय सभाको जेठ ६ गते हुन लागेको बाग्मति प्रदेश तर्फको अन्य समुहको उपचुनावमा एमाले तर्फका उम्मेदवार पनि छन् ।
मणि भने यस अगाडी नै पनि गैह सांसदकै रुपमा मन्त्री रहेका थिए । उनलाई ओलीको सरकार नगएको भए जेठ १० सम्म मात्र मन्त्री बन्न पाउने अवसर थियो । तर अहिले ओली संविधानको धारा ७६(३) अनुसार सवैभन्दा ठूलो दलको नेताको रुपमा नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चुनिएर आएकोले थापालाई फेरि सांसद नरहेपनि ६ महिनासम्म मन्त्री बन्नका लागि बाटो खुलेको हो ।
माओवादी छोडेर एमालेमा गएका र यस अगाडी मन्त्री रहेका गौरीशंकर चौधरी र दावा तामाङ भने यसपटक ओलीको क्याविनेटमा मन्त्री वन्ने छैनन । चौधरी ले पनि एमाले आएपछि सांसद पद गुमाएका थिए । तामाङ भने पहिले नै सांसद नरहदै मणि जस्तै मन्त्रीका रुपमा आएका थिए । उनले पनि ओलीको अघिल्लो सरकार रहेको भए जेठ १० बाट विदा पाउने थिए ।
अहिले मन्त्री नपाउने दावा र गौरीशंकरको हकमा पार्टी कामको जिम्मेवारी दिने गरी तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले पूर्व माओवादी धारका मात्र होइन, अधिकांश पूरानैलाइ मन्त्री बनाउने तयारी गरेका छन् । महन्थ र राजेन्द्र पक्षको जनता समाजवादीलाई पनि सरकारमा ल्याउन ओलीले खोजेपनि केही तयारी पूरा गर्नुपर्ने भएकोले अहिलेलाई जसपा सरकारमा नआउँदा सम्म पूरानै अधिकाशंलाई दोहोराउने गरी बालुवाटार अन्तिम तयारीमा पुगेको हो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया