आइतबार, जेठ २५, २०८२

बुद्धकालीन तीन भनाइ मार्क्सवादसँग सम्बन्धित !

नारायण शर्मा २०७८ जेठ २ गते १२:०४

बुद्ध, बुद्ध धर्म र बुद्धवादका बारेमा यी तीन वाक्य/वाक्यांशहरु निकै लोकप्रिय छन्, गेयात्मक छन् र मननीय पनि रहिआएका छन् :-

१) बुद्धं शरणं गच्छामी !
२) संघं शरणं गच्छामी !
३) धर्मं (धम्मं) शरणं गच्छामी !
यसरी एकैसाथ बुद्धको शरणमा, संघको शरणमा र धर्मको शरणमा जाने कुरा किन गरिएको होला ? यसबारे केही बुझ्ने प्रयास गरौं !
बुद्ध, संघ र धम्म/धर्मको शरणमा जाने भन्नुको कारण बुझ्नुको संगसंगै बुद्ध, संघ र धर्मरधम्मबारे पनि स्पष्ट हुनु आवश्यक हुन्छ । बुद्ध, संघ र धर्मरधम्म के हो भन्ने बुझिसकेपछि मात्र तिनको शरणमा वा मार्गमा जाने र किन जाने भन्ने कुरा स्वतस् स्पष्ट हुन्छ । त्यसैले अब यसतर्फ लागौं :-


बुद्ध भनेको ज्ञान हो, त्याग हो, तपस्या हो र साधना हो । अर्थात् अध्ययन, अनुभव, संघर्ष र समर्पणबाट प्राप्त ज्ञान हो बुद्धत्व ! मूलतः सार र संक्षेपमा बुद्ध भनेको ज्ञान नै हो । ज्ञान प्राप्तिको लागि त्याग र तपस्या अनिवार्यतस् हुनु,गर्नु पर्छ। यो त्याग र तपस्या हुन वा गर्नको लागि पनि सापेक्षित वा छिपछिपे ज्ञान वा चेतना नैसर्गिक वा आर्जित रुपमा हुनु जरुरी हुन्छ यही सापेक्षित वा छिपछिपे ज्ञान वा चेत नै कुनै कुरा थप जान्ने र बुझ्ने उत्सुकता वा जिज्ञासा हो र यो जिज्ञासा भनेको प्रश्न गर्ने र आलोचना गर्ने सामान्य चेत वा ज्ञान नै हो ।


सिद्धार्थ गौतममा रहेको यही चेतका कारणले उनले जीवन र जगतका बारेमा के होला, कसो होला र किन होला भन्ने प्रश्न गर्न थाले । अर्थात् उत्सुकता र जिज्ञासा राख्न थाले । यसै जिज्ञासा अर्थात् थप ज्ञान, स्पष्ट ज्ञान, यथेष्ट ज्ञान र पूर्ण ज्ञान प्राप्तिको लागि जब आफ्नो राजा हुने स्वर्णिम अवसर र राजकीय ऐश्वर्य त्यागेर दुस्खकष्टको मार्गमा अविच्छिन्न लागिरहे, पूर्ण ज्ञान प्राप्तिको लागि अध्ययन, बहस, बिवाद र अनुभव गर्दै गए । तत्पश्चात् ठुलो र लामो त्याग/तपस्या, लगानी/कुर्वानी र दुखकष्टका बीचबाट उनले यथेष्ट, समृद्ध र पूर्ण ज्ञान प्राप्त गर्न सके । अथवा यसो भनौं बुद्धले शुरुका उनका विविध प्रश्न र जिज्ञासाहरुको मूलतस् उत्तर पाए वा भनौं ज्ञान पाए अर्थात् बुद्धत्व प्राप्त गरे । यसरी छर्लङ्ग हुन्छ कि त्याग, तपस्या र ज्ञानको समष्टि नै बुद्धत्व हो । त्यसैले बुद्ध भन्नाले सारसंक्षेपमा ज्ञान नै बुझिन्छ र बुझ्नु पर्दछ ।


यसरी बुद्धम् शरणम् गच्छामी अर्थात् बुद्धको शरणमा जाने भनेको वास्तवमा ज्ञानको शरणमा जाने भनिएको हो । ज्ञान अर्थात् विद्या, बुद्धि र विवेकले नै सबै जटिलता, चुनौती र समस्याहरूको सामना र समाधान गर्ने सामर्थ्य राख्दछ । त्यसैले बुद्धको वा भनौं ज्ञानको शरणमा अर्थात् ज्ञान प्राप्तिको मार्गमारसंगतमा जानेरलाग्ने कुरा भएरगरिएको हो , जो कुरा अत्यन्त वस्तुवादी र बैज्ञानिक मात्र होइन उचित, आवस्यक र स्वाभाविक पनि हो ।

Advertisement
machhapuchare

यसरी नै संघ भनेको जनता वा मानिसहरुको समूह, समुदाय वा समाज हो । जब यो समूह, समुदाय वा समाज एउटा निश्चित मूल्यमान्यता, नीतिविधि, ध्येयउद्देश्य र लक्षआदर्शप्रति अनुबन्धित हुन्छ र त्यसको अनुशासनमा रहेर गतिविधि गर्दछ, तब त्यो ब्यक्ति वा समूह संघमा आबद्ध भएको मानिन्छ । ब्यक्ति भन्दा परिवार शक्तिशाली हुन्छ भने परिवारभन्दा समूह, समुदाय वा समाज बलियो हुन्छ । संघ भनेको विविध क्षेत्र, जाती, लिङ्ग, धर्म, सम्प्रदाय र समाजका मानिसहरुका समूहहरु र समुदायहरु आबद्ध भएको धेरै मानिसहरुको संस्था भएकोले यो कुनै एक निश्चित समुदाय वा समाजभन्दा पनि धेरै नै शक्तिशाली हुन्छ । भनिएको पनि छ, -संघे शक्ति कलियुगेू अर्थात् कलियुगमा संघमा नै शक्ति हुन्छ । यसरी संघमा नै भौतिक, आत्मिक र नैतिक शक्ति विद्यमान हुने र त्यहाँबाटै वैचारिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक र मानवीय आदि सबै प्रकारका समस्याहरुको समाधान हुने भएकाले मानिसहरुले संघम् शरणम् गच्छामी (म संघको शरणमा जान्छु) भन्ने अवस्था पैदा भएको हो ।
संघ वास्तवमै सत्यको, न्यायको र समानताको, ज्ञानको, ध्यानको र ज्यानको अनि जुक्तिको, भुक्तिको र मुक्तिको पनि श्रोत हो । त्यसैले आफ्ना हर समस्याको समाधानको निम्ति पनि संघमा जाने, संघमा लाग्ने, संघमा प्रतिबद्ध हुने र संघमा कटिबद्ध भएर काम गर्ने कुरा गरिएको हो, जो आवश्यक र स्वाभाविक पनि हो ।
धम्म भनेको धाम हो, पवित्र स्थान हो, यज्ञ हो र अनुष्ठान/प्रतिष्ठान हो । धर्मको केन्द्र वा भनौं धर्म प्राप्तिको मार्ग वा माध्यम हो धाम । धर्म भनेको पनि पुण्य हो र पुण्य भनेको परोपकार हो । भनिएको पनि छ –

अष्टादश पुराणेषु व्यासस्य वचनम् द्वयम् !
परोपकार पुण्याय पापाय परपीडनम् !!


अर्थात् हाम्रो पूर्वीय वाङ्मयमा रहेका अठार पुराणको सार निकाल्दै व्यास ऋषिले भनेका छन् कि परोपकार गर्नु पुण्यरधर्म हो भने अर्कालाई पीडा दिनु पाप हो । यसरी धम्मं शरणम् गच्छामिको अर्थ, अभिप्राय र सम्बन्ध कल्याणकारी ठाउँमा जाने कुरासँग रहेको देखिन्छ । दुख, चिन्ता र शोकले सन्तप्त हुँदा त्यसबाट मुक्ती पाउने, निर्वाण वा त्राण पाउने स्थान धाम हो भने त्यो मुक्ती दिलाउने कार्य धर्म हो । यसरी धम्म भनेको धर्मकार्य गरिने स्थान भएकोले धम्म र धर्मलाई समानार्थी शब्दको रुपमा प्रयोग गर्न खोजिएको पाइन्छ ।

जुन ठाउँ, संगत, प्रकृया वा मार्गमा जाँदा सुखशान्ती, मुक्तिप्रगती र जसयश पाइन्छ, त्यही ठाउँ नै धाम हो भने जुन कामबाट कसैको कल्याण हुन्छ, त्यो काम धर्म हो । त्यसैले त्यतातिर जाने कुरा उचित, आवश्यक र वान्छनीय मात्र होइन, चित्ताकर्षक पनि रहिआएको हो ।

बुद्धरबुद्धत्व अर्थात् ज्ञान, संघ अर्थात् समूहरसमाजरजनता र धम्म अर्थात् पुण्यरराम्रो कार्य गर्ने स्थलरधाम गवा राम्रो कामजस्ता यी तीन कुराहरुबीच पनि अन्योयाश्रित सम्बन्ध छ र यी एक अर्काका पूरक मात्र नभएर भिन्न वाक्य र पदावलीमा समान अर्थ दिने भनाइहरु नै हुन् भन्ने देखिन्छ ।


मार्क्सवादीहरुले पनि बुद्धत्व अर्थात् ज्ञान/चेतनालाई भौतिक वस्तुपछिको सर्वश्रेष्ठ कुरा मान्दछन् । ज्ञान वा चेतना भएमा सत् र असत, असल र खराब वा सुन्दर र कुरुप छुट्टाउन सकिने, तिनलाई बदल्न वा विकासरविनास गर्न सकिने वा विस्थापित/स्थापित गर्न सकिने मान्दछन् । यसरी मार्क्सवादले बुद्धत्व अर्थात् ज्ञान वा विचारलाई भौतिक जगत संचालन र विकासको एक प्राथमिक र मुख्य शक्तितत्व मान्दै संघ अर्थात् पार्टी/संगठनलाई लक्ष प्राप्तिको एउटा अनिवार्य र महत्वपूर्ण साधन ठान्दछ ।

त्यसरी नै धर्म, परोपकार अर्थात् मानवजातिको हकहित र मुक्तीप्रगतिको कार्यलाई मार्क्सवादले आफ्नो लक्ष/गन्तव्य मान्दछ । यसरी हेर्दा हिजो भनिएका यी वाक्यहरु -बुद्धं शरणं गच्छामी, संघं शरणम् गच्छामी र धम्मं शरणम् गच्छामीू मार्क्सवादसँग सम्बन्धित छन् । त्यसैले तिनलाई आज मार्क्सं शरणम् गच्छामी, पार्टीम् शरणम् गच्छामी र मुक्तिं शरणम् गच्छामी को रुपमा बुझ्नु, बदल्नु र लागू गर्नु उचित र आवश्यक देखिन्छ ।

प्रतिक्रिया