रहेनन् वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्की
मेरोन्यूज
२०७८ जेठ २ गते १२:३४

काठमाडौं । नेपालका वरिष्ठ गीतकार चेतन कार्कीको मृत्यु भएको छ । चलचित्र निर्देशक समेत रहेका उनको आज आइतबार बिहान विरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो ।
गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
नेपाली गीती क्षेत्रमा कयौं कालजयी गीत लेखेका कार्कीले नेपाली चलचित्रको निर्देशन गरेका थिए । उनका धर्मपत्नी र २ जना छोरा छन् ।
उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।
गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको शब्दरचनामा बनेको गित उनको सम्झनामा हेर्नुहोस्:-
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया