प्रहरीले तालिममा काठको हतियार प्रयोग गर्ने, दुधौलितालिम केन्द्रमा ५० डमी हस्तान्तरण

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले तालिमका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ । फायरिङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्ने भएको हो ।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक स्रोत साधन तथा सोहि कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० वटा काठको डमी हतियार निर्माण गरिएको हो ।
सक्कली हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामाले ५० वटा काठको डमी हतियार हस्तान्तरण गरेका हो ।
फायरिङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने भएकोले पाइलोट प्रोजेक्टको रुपमा वितरण गरिएका डमी हतियारले पार्ने प्रभावलाई विश्लेषण गरि आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने लक्ष्य रहेको समेत डीआईजी लामाले बताए ।
प्रहरीको प्रशिक्षण प्रदान गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु विग्रने, फुट्ने तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको डीआईजी लामाले सुझाए।









चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया