चार कोरोना सङ्क्रमितको मृत्यु
मेरोन्यूज
२०७८ जेठ २ गते १४:४७

हेटौँडा । हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आज बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन् ।
मृत्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको डा काफ्लेले बताए । मृतक सबैमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए । रासस
सम्बन्धित
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया